काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ६० हजार ३८२ जनाको मृत्यु भएको छ भने ३ करोड ६३ लाख ८६ हजार ४५५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ७४ लाख ६ हजार ४२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६७ हजार ४१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण २ लाख १६ हजार ७८४ जनाको मृत्यु भएको छ भने ७७ लाख ७६ हजार २२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४९ लाख ८३ हजार ३८० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ७६ हजार ६० जना उपचाररत छन् ।
त्यस्तै १४ हजार ५७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ३५९ जनाको मृत्यु भएको छ भने ८ लाख ४२ हजार १५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १६ हजार ७८३ जनाको मृत्यु भएको छ भने ८ लाख १९ हजार ९९२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ७ लाख २२ हजार ७०७ जनालाई संक्रमण भएको छ भने १४ हजार ९१४ जनाको मृत्यु भएको छ ।
बुधवार अमेरिकामा ४८ हजार ७१५ जनालाई कोरोना संक्रमण भएको छ भने ९३२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया