किमाथाङ्का बिओपी भवन शिलान्यास

लोकपथ संवाददाता
14
Shares
ko{6gdGqL e§/fO{ ;~rf/sdL{;Fu tfKn]h’ª, @! c;f]h M rLg;Fusf] ;LdfjtL{ If]q cf]nfªr’ªuf]nfl:yt a’waf/ af]8{/ cfp6 kf]i6 -lacf]kL_ sf] pb3f6gsf nflu u[x lhNnf cfpg’ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs’df/ e§/fO{ :yfgLo ;~rf/sdL{;Fu s’/fsfgLsf qmddf . tl:a/ M ;Gtf]if k’s'{6L÷/f;;

किमाथाङ्का । सङ्खुवासभाको उत्तरी सीमा क्षेत्र किमाथाङ्कामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट ९बिओपी० भवनको शिलान्यास भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले भवनको शिलान्यास गरेका हुन् ।

६ करोड ६८ लाख २६ हजारका लागतमा बिओपीको भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरी अरुण गुल्मका गुल्मपति विशाल सिलवाल बताए। चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका १ किमाथाङ्का नाकामा बिओपी भवन निर्माण हुन लागेको हो । सीमा अतिक्रमण बढेपछि गृह मन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथाङ्का नाकामा नौ महिनाअघि नै सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको थियो । बिओपी किमाथाङ्कामा प्रहरी निरीक्षक लोकनाथ उप्रेतीका नेतृत्वमा २८ जनाको टोेली छ । आफ्नै भवन नहुँदा साँघुरो भाडाका घरमा सुरक्षाकर्मी बसिरहेका छन् ।

आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई हेलिकोप्टरबाट नै बिओपी पु¥याइएको थियो । भवन उद्घाटनसँगै सीमाको निरीक्षणमा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लसहितका सुरक्षा निकायका प्रमुख किमाथाङ्का पुगेका थिए।

उत्तरी क्षेत्रको सीमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । बिओपी भवन बनेपछि भन्सार कार्यायलय स्थापना गरी नाका सञ्चालनमा सहजता ल्याउनुपर्ने उनीहरुको माग छ । सशस्त्र द्वन्द्वसँगै विस्थापित भएर सदरमुकाम आएर बसेको भन्सार कार्यालय विभिन्न बहाना बनाउँदै सदरमुकाम खाँदबारीमा बसिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?