नेपालगञ्ज । नेपालगञ्जमा आज एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका—१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो ।
असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना संक्रमितको मृत्यु भएको छ । यसैबीच, बाँकेमा आज ३६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया