मन्त्री भट्टद्धारा कार्यालय अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले धनगढीमा रहेका मातहतका कार्यालयको बुधवार अनुगमन गरेका छन् । उनले धनगढीमा रहेका खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेर र साल्ट ट्रेडिङ कर्पोरेशनको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले सुदूरपश्चिम प्रदेशमा खाद्यान्न अभाव हुन नदिन कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले चाडपर्वका बेला मात्र नभएर देशका दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन सरकारले उचित व्यवस्था गरिरहेको बताए ।

देशका खाद्यान्न गोदामहरुको स्त्तरवृद्धि हुने गरी अत्याधुनिक बनाउन मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो । झण्डै एक हप्तादेखि सुदूरपश्चिममा रहेका मन्त्री भट्टले प्रदेशको समग्र विकासका लागि तीन वटै तहका सरकारको विशेष भूमिका रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?