ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रीबेणी गाउँपालिकाबाट गर्भवती महिलाको बुधवार हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
चन्द्रकला विकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टर मार्फत बुधवार साँझ विराटनगरको कोशी अञ्चल अस्पताल लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ३५ वर्षीया विकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईले जानकारी दिए ।
सोमवार अस्पतालमा भर्ना भएकी विकलाई दिनको चार पोका रगत चढाउँदा पनि रगत नथामिएपछि रेफर गर्नुपरेको अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया