काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ । वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच चीनमा बनेको एक कोरोना भाइरसविरुद्धको एक्सपेरिमेण्टल भ्याक्सीनको नतिजा राम्रो आएको बताइएको छ ।

चाइनिज एकेडेमी अफ मेडिकल साइन्स अन्तर्गत इन्स्टीट्यूट अफ मेडिकल बायोलोजीले विकसित गरेको हो ।
क्लिनीकल ट्रायलको प्ररम्भिक चरणमा भ्याक्सीन सुरक्षित र प्रभावशाली साबित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

१९१ स्वस्थ भ्यालेन्टियर्समा गरिएको ट्रायलको पहिलो चरणमा भ्याक्सीन टेस्ट गरिएको थियो । सबै भ्यालेन्टियर्सको उमेर १८ देखि ५९ वर्षको रहेको बताइएको छ ।
मंगलवार एक शोधकर्ताले प्रीप्रिन्ट रिभ्यूमा भ्यालेन्टियर्सको कुनै पनि ग्रुपमा भ्याक्सीन शटको साइड इफेक्ट नदेखिएको बताइएको छ ।

यो भ्याक्सीनले कुनै साइड इफेक्ट नगरेको र यसबाट एन्टीबडी पनि विकसित भएको बताइएको छ ।
यस ट्रायलमा पाइएको डेटा भ्याक्सीनको प्रभावशालीता, सुरक्षा र प्रतिरक्षण क्षमताको समर्थन गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया