जाडो महिनामा कोरोनाको जोखिम उच्च हुने भन्दै यी देशले थाले तयारी, दिए चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ ।

Corona

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

Boris Johnson

यसैबीच कोरोना भाइरसका एक्सपर्टहरुले जाडो महिनामा कोरोना भाइरसको संक्रमण झनै तीव्र रुपमा फैलिने बताउँदै आएका छन् ।

Corona

अब ब्रिटेन र पाकिस्तानले आफ्ना नागरिकलाई जाडो महिनामा कोरोनाको संक्रमण बढ्ने चेतावनी दिएका छन् ।

Imran Khan

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मास्क लगाउन अपील गरेका छन् ।

Boris Johnson

त्यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि आफ्ना नागरिकलाई कोरोना संक्रमण जाडो महिनामा भयावह हुने भन्दै मास्क लगाउन र सोसल डिस्टेन्सिङकोे पालना गर्न सुझाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?