आउँदो महिना हावामा कोरोना पहिचान गर्ने डिभाइस आउँदै !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

Coronavirus

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ । वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

Coronavirus

यसैबीच क्यानडाको एक कम्पनीले हावामा कोरोना भाइरस पहिचान गर्न सक्ने चेन्जिङ डिभाइस बनाएको दाबी गरेको छ ।

Coronavirus

कन्ट्रोल इनर्जी कर्प नामको कम्पनीले इनडोर एयर क्वालिटी र मनिटरिङ इक्विपमेण्ट बनाउने काम पहिले देखि नै गर्दै आएको थियो ।

Coronavirus

कोरोना महामारी शुरु भएपछि कम्पनील कोरोना भाइरसलाई हावामै पत्ता लगाउन सक्ने डिभाइस बनाएको दाबी गरेको हो ।

Coronavirus

कम्पनीले क्यानडा र ओन्रियोका दुई ल्याब्समा कोरोना भाइरसमाथि रिसर्च गरेपछि बायोक्लाउड नामबाट एक डिभाइस बनाएको हो । यो डिभाइस ड्रायरको जस्तो देखिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?