काठमडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच अमेरिकाको बायोटिक कम्पनी मोडर्नाको कोरोना भाइरसविरुद्धको भ्याक्सीनको नतिजा राम्रो आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एक स्टडीका अनुसार रिसर्चर्सले कोरोना भ्याक्सीनको नतिजा वृद्धवृद्धा लगायत बच्चाहरुमा समेत यसको नतिजा राम्रो आएको बताएका हुन् ।

रोयटर्सको रिपोर्टका अनुसार उक्त भ्याक्सीनले वृद्धवृद्धामा समेत एन्टीबडीको विकास गरेको पाइएको हो ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा भ्याक्सीन सम्बन्धी जोडिएको स्टडी प्रकाशित गरिएको छ । अध्ययनमा ५६वर्ष देखि ७० र ७१ वर्षसम्ममा मानिस सहभागी थिए ।

जसमा एन्टीबडीको विकास भएको पाइएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया