काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंमा ६६ र ७२ वर्षिया महिला रहेका छन् । यस्तै ४५ वर्षिय पुरुष, ५३ वर्षिय पुरुष, ६४ वर्षिय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४६ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यससँगै नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मोरङमा ४० र ६० वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी चितवनमा ४६ वर्षिय, रुपन्देहीमा ५५ वर्षिय र नवलपरासीमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षिया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।
त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार २०९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यो कुल संक्रमितको ७२.८ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ४४१ जना र संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना छन् । तिमध्ये २३३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार १६४ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
हिजो (मंगलवार) नेपालमा १ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ३४० जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया