काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार २०९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- मोरङ
- चितवन
- रुपन्देही
- सुनसरी
नेपालमा बितेको २४ घण्टामा थप १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यो कुल संक्रमितको ७२.८ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ४४१ जना र संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना छन् । तिमध्ये २३३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार १६४ जना रहेका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो ।
हिजो (मंगलवार) नेपालमा १ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ३४० जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया