काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच विश्वका ४ हजार भन्दा धेरै साइन्टिस्ट र एकेडेमिक्सले कोरोना भाइरसलाई लिएर एक अपील गरेका छन् ।

एन्टी लकडाउन पिटिशनमा एक्सपर्ट्सले जसलाई कोरोनाको खतरा कम छ, उनीहरुको लागि जीवन अब सामान्य बन्नु पर्ने बताएका छन् ।

मेट्रो डट को यूकेमा प्रकाशित रिपोर्टका अनुसार बेलायतको अक्सफोर्ड, नोटिन्घम, एडिनबर्ग, क्याब्रिज र ससेक्ससहित अन्य यूनिभर्सिटीका एक्सपर्टले यो अपील गरेका हुन् ।
लकडाउन र सामाजिक प्रतिबन्धका कारण मानिसको स्वास्थ्यमा असर परिरहेको उनीहरको निस्कर्ष छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया