काठमाडौं । राजधानीको बाफलबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका ३८ वर्षीय नारायण श्रेष्ठको सेन्टर फुड क्याफेमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ६ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१३ बाफलमा बौद्ध बस्दै आएका उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो ।
उक्त क्याफेभित्र तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार ७ सय २५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया