खतरा : हरेक ५ मध्ये ४ जना कोरोना संक्रमित मानसिक रोगबाट ग्रस्त !

काठमाडौं । कोरोना भाइरसलाई लिएर हरेक दिन नयाँ नयाँ शोध भईरहेका छन् ।

यसैबीच वैज्ञानिकहरले हालै सार्वजनिक गरेको एक शोधमा कोरोना संक्रमित बिरामीहरु मध्ये अस्पतालमा भर्ना भएका हरेक ५ जना संक्रमितमध्ये ४ जना संक्रमितको शरीरमा न्यूरोलोजी सम्बन्धी लक्षण पाइएका छन् ।

शोधका अनुसार यो खतरनाक भाइरसले अब मानिसको तन्त्रिकालाई हानी पुर्याउँदे आईरहेको छ ।

यस लक्षणमा मांसपेशी दुख्ने, शीर दुख्ने, चक्कर चल्ने र स्वाद नहुने बतइएको छ ।

शोधमा सामेल शोधकर्ता तथा शिकागोका नर्थवेस्टर्न मेडिसिनमा न्यूरो संक्रामक रोगका प्रमुख इगोर कोरलनिकका अनुसार यसमा सामान्य मानसिक भ्रमदेखि कोमासम्मको स्थिती सामेल छन् ।

यो अध्ययन कोरोना महामारीको शुरुवातमा शिकागोको स्वास्थ्य प्रणालीमा अस्पतालमा भर्ती ५०९ जना कोरोना संक्रमितमा न्यूरोलजिक लक्षणको गम्भीरतालाई देखाइएको थियो ।

एनल्स अफ क्लिनीकल एण्ड ट्रन्सलेशन न्यूरोलोजीम प्रकाशित अध्ययनमा जसलाई श्वास फेर्न समस्या छ, जसलाई लामो समयसम्म खाकी लागिरहन्छ, उनीहरु धेरै खतरामा छन् ।

कसैलाई भने महिनौँसम्म यस्ता समस्याले सताईरहन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?