काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर हरेक दिन नयाँ नयाँ खुलासा भईरहेका छन् ।
हालै मात्र साइबर पुलिसले एक ठूलो खुलासा गरेको छ । पुलिसले महाराष्ट्र सरकार र मुम्बई पुलिसको जाँचलाई बदनाम गर्न सोसल मिडियामा ८० हजार भन्दा धेरै फेक अकाउण्ट बनाइएको बताएको छ ।
गत १४ जूनमा बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
सुशान्तको मृत्यु पछि सोसल मिडियामा उनको हत्या भएको भन्दै विभिन्न आवाज उठेका थिए ।
यसमा अनुसन्धान गर्दा ८० हजार भन्दा धेरै फेक अकाउण्ट बनाएर पुलिसको बदनाम गर्न खोजिएको मुम्बई पुलिसले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया