काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले त्यस्तो आग्रह गरेका हुन् ।
चाडवाड नजिकिँदै गर्दा मानिसहरु गाउँगाउँ जाने र त्यहाँ संक्रमण फैलिन सक्ने भन्दै परिवार र समाजको स्वास्थ्य संवेशनशीलतामा ध्यान राखिदिनको लागि समेत सरकारले आग्रह गरेको छ ।
“हामी स्वस्थ रह्यौ भने फेरि फेरि पनि चाडवाडहरु मनाउन सक्छौ । दशैँको एउटा मुख्य विशेषता पारिवारिक पुनर्मिलन, आफूभन्दा जेष्ठ सदस्यहरुबाट शुभआशिष लिने, तर यतिबेला सबैभन्दा बढी जोखिममा जेष्ठ नागरिकहरु हुनुहुन्छ । त्यसैले हाम्रा सुरक्षा संवेदनशीलताहरुलाई असाध्यै ध्यानमा राख्नुपर्ने हुन्छ । त्यसैले काठमाडौंबाट गाउँ र गाउँबाट काठमाडौं गर्दा संक्रमण पनि सँगसँगै आउनेजाने गर्ने भएकाले यो कुरालाई विशेष ध्यान राखिदिनुहोला ।” उनले भनेका छन् ।
गाउँगाउँमा जाँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै टाढैबाट आशिर्वाद लिनका लागि सरकारले आग्रह गरेको हो । ६० वर्षभन्दा माथिकाहरुको स्वास्थ्य संक्रमणको अवस्था र मृत्युको दर बढि भएकाले गाउँ गाउँमा जोखिम बढे वृद्ध उमेरकाहरुमा प्रत्यक्ष समस्या पर्ने भएकाले सरकारले विशेष स्वास्थ्य संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया