२०७७, २१ आश्विन बुधबार १२:३६

फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्जः बुकिङ्ग भन्दा दोब्बर रकम फिर्ता


प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार १२:३६

काठमाडौं । जीओ अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् ।

१५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो ।

यसै शक्तिलाई प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको जनाएको छ । ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछन् र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छन् ।

कम्पनी यति विश्वस्त छकि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकम भन्दा दोब्बर रकम फिर्ता पाउनेछ ।

सन २०२० मा बनेको ईकोस्पोर्ट Bharat stage VI (BS-VI) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ ।

पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. Ti-Vct पेट्रोल ईन्जिन समावेश छ । जसले  122 PS power / 149 NM Torque  प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड Automatic Transmission मा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो BSVI मा आधारित TDCI डिजल ईन्जिन रहेको छ जसले 100 PS power / 215 NM Torque   प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यस ईकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो क्गल चयया जडित भेरियन्टमा पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस