काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
१९ औँ पटकको अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार डा केसीको उच्च रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम हुँदै गएको छ ।
उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि डा केसीले कुनै पनि उपचार सेवा लिनको लागि नमानिरहेको चिकित्सकहरुको भनाइ रहेको छ ।
नागरिकहरुको सेवाका लागि जुम्ला पुगेका डा केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको थियो । भने हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखी उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया