काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस बारे गरेको स्टाटसमा ‘भ्रामक’ टिप्पणी भएको भन्दै फेसबुकले हटाएको छ ।
कोभिड–१९ मौसमी फ्लूभन्दा सामान्य र कम घातक भएको भन्ने पोस्टलाई फेसबुकले मंगलवार हटाइदिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुकका प्रवक्ता एन्डी स्टोनले यसको पुष्टि गरेका हुन् । उनका अनुसार कोरोना भाइरसका नियम विपरीत उक्त पोस्टले गलत सूचना प्रवाह गरेका कारण हटाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया