के हावामा रहने ‘एरोसेल’बाटै फैलिरहेको छ कोरोना ? सिडिसीले गर्‍यो पुष्टि !

काठमाडौं- कोरोना भाइरस ‘कोभिड 19’ विश्वका लागि नयाँ भाइरस हो । त्यसैले यसका विषयमा निक्र्यौल कुरा हालसम्म पनि पत्ता लाग्न सकेको छैन । तर एक व्यक्तिबाट सजिलै दोस्रो व्यक्तिमा सर्न सक्ने यो भाइरसबारे अमेरिकाको एक संस्थाले नयाँ दाबी गरेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले गरेको एक अध्ययनबाट अहिले हावाबाट कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमण बढी फैलिरहेको देखाएको दाबी गरेको छ । सिडिसीले सोमबार हावाबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्ने पुष्टि सहितको रिर्पोट सार्वजनिक गरेको छ ।

कोरोना भाइरस धुवाँजस्तो गरी लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको उल्लेख गरेको छ । संक्रमितको मुखबाट निस्केका एरोसेलहरू ६ फिट पर हावाको माध्यमबाट सजिलै पुग्न सक्ने र अन्य व्यक्तिमा फैलिने तथ्य पहिले नै सार्वजनिक भइसकेको अवस्थामा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले यो तथ्य सार्वजनिक गरेको हो ।

अर्को एक शोधमा लेखिएको छ, पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो ।

संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

Why use Nu QUAT Disinfectant or DSD Sanitizer over bleach? | Greg the  Chemical Guy

अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार पछिल्लो समय हजारौं संक्रमितले श्वास फेर्दा वा हाच्छ्यू गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?