काठमाडौं । इडिन्सन काभानीले म्यान्चेष्टर युनाईटेड आएसँगै ७ नम्बरको जर्सी लिने भएका छन् । पूर्व फरवार्ड रोनाल्डोले लगाएको ७ नम्बरको जर्सी म्यान्चेष्टर युनाइटेडले काभानीलाई दिने भएको हो ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सम्झौता सकिएसँगै काभानीले पेरिस छाडेर म्यान्चेष्टर युनाईटेड आएका थिए । उनले हप्ताको २ मिलियन पाउण्ड तलब पाउने शर्त सहित युनाइटेडसँग १ वर्षको सम्झौता गरेका छन् ।
युनाइटेडका पूर्व स्टार जर्ज बेस्ट, डेभिड बेकह्याम, एरिक क्यानटोना र रोनाल्डो सबैले ओल्ड ट्राफोर्डमा रहदाँ ७ नम्बरको जर्सीमा चमत्कारी प्रर्दशन गरेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया