काठमाडौं – केहि समय अघि ‘हुतुतु’ चलचित्र साईन गरेका नायक नाजिर हुसेनले अर्को एउटा चलचित्र साइन गरेका छन् ।
लकडाउनपछि लगातार म्यूजिक भिडियोमा व्यस्त भएका नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका हुन् ।
यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ ।
सामाजिक कथावस्तुमा बन्ने चलचित्रको नाम, निर्देशक र नायिका भने फाइनल भइसकेको छैन ।
फागुनबाट चलचित्रको सुटिङ सुरु हुने योजना रहेको निर्माता रघुनाथ सापकोटा बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया