काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ५४ हजार ५१४ जनाको मृत्यु भएको छ भने ३ करोड ६० लाख ३७ हजार ९९२ जना संक्रमित भएका छन् ।
त्यस्तै २ करोड ७१ लाख ४३ हजार ८६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६७ हजार ८६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १५ हजार ८२२ जनाको मृत्यु भएको छ भने ७७ लाख २२ हजार ७४६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४९ लाख ३५ हजार ५४५ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ७१ हजार ३७९ जना उपचाररत छन् । त्यस्ते १४ हजार ५०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १६ हजार २६२ जनाको मृत्यु भएको छ भने ८ लाख ३८ हजार ७०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १६ हजार ६६४ जनाको मृत्यु भएको छ भने ८ लाख १४ हजार ३२३ जनालाई संक्रमण भएको छ । त्यस्तै फ्लोरिडामा ७ लाख २० हजार १२५ जनालाई संक्रमण भएको छ भने १४ हजार ७९१ जनाको मृत्यु भएको छ । अमेरिकामा मंगलवार मात्रै ४३ हजार ६६० जना संक्रमित थपिएका छन् भने ७९० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया