कोरोना कहर : भारतमा फेरि ह्वात्तै बढे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ५४ हजार ५१४ जनाको मृत्यु भएको छ भने ३ करोड ६० लाख ३७ हजार ९९२ जना संक्रमित भएका छन् ।

त्यस्तै २ करोड ७१ लाख ४३ हजार ८६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६७ हजार ८६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४ हजार ५९१ जनाको मृत्यु भएको छ भने ६७ लाख ५४ हजार १७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५७ लाख ४१ हजार २५३ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ८ हजार ३३५ जना उपचाररत छन् ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार १०६ जना नयाँ संक्रमित थपिएका छन् भने ९९१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?