काठमाडौं । आईपीएलको १३ औँ सीजनको २० औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रनको टार्गेट दिएको छ । मुम्बईका सुर्यकुमार यादवले नटआउट ४७ बलमा ७९ रन बनाएका छन् ।
मुम्बई कप्तान रोहित शर्माले टीममा केहि परिवर्तन गरेका छैनन् भने राजस्थानका कप्तान स्टीव स्मिथले टीममा तीन जना परिवर्तन गरेका छन् ।
उनले कार्तिक त्यागि, यशस्वी जयसवाल र अंकित राजपूतलाई मौका दिएका छन् ।कार्तिकको यो डेब्यु खेल हो । त्यस्तै टीमबाट रोबिन उथप्पा, रियान पराग, जयदेव उनादकट टीमबाट हटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया