काठमाडौं । उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा मात्रै कोरोना भाइरसबाट ११५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मंगलबारसम्म ११५ मृतकको संख्या पुगेको हो। काठमाडौँबाहेक भक्तपुमा २४ र ललितपुरमा ३२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै काठमाडौंमा हाल ११ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या १४ हजार ६३५ पुगेको छ । हालसम्म २६ हजार ६ पुगेको छ।
यसैगरी ललितपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६३९ रहेको छ भने निको हुनेको संख्या १६८१ रहेको छ ।
हालसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या ३३५२ रहेको छ ।
भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्या १ हजार ९४ पुगेको छ भने निको हुनेको संख्या १५ सय ९१ पुगेको छ ।
भक्तपुरमा कोरोना संक्रमितको संख्या २७०९ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया