चन्द्रागिरीबाट ९० वर्षीया वृद्वाको उद्दार

काठमाडौं । थानकोट प्रहरीले काठमाडौँ चन्द्रागिरी नगरपालिका–६ स्थित चेकपोष्टबाट ९० वर्षीया वृद्वाको उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।

कलंकीबाट थानकोटतर्फ आउँदै गरेको बा १ ज ६३५९ नम्बरको सार्वजनिक बसमा ९० वर्षकी ठुली तामाङ नाम बताउने वृद्धाको घरठेगाना पत्ता लगाएर परिवारलाई जिम्मा लगाएको थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

आफन्तजनको खोजतलास गर्दै जाँदा मंगलवार ती वृद्धाको घर धादिङ जिल्ला धुनिबेसी नगरपालिका–९ काफलचौर रहेको डीएसपी श्रेष्ठले बताए । तत्कालै इलाका प्रहरी कार्यालय खानीखोला, धादिङसँग समन्वय गरेर वृद्दालाई परिवारको जिम्मा लगाएको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?