कर्णालीमा थप ७९ संक्रमित, ३९ फिर्ता

कर्णाली । कर्णालीमा दैनिक कोरोना संक्रमणमुक्त भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बरले बढ्दै जान थालेको छ । आज संक्रमित हुनेको संख्यालाई हेर्दा निको हुने भन्दा शतप्रतिशत बढी संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज एकै दिन ७९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए । उनका कोरोना संक्रमणमुक्त भने ३९ जना व्यक्ति भएका छन् ।

“७९ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमण हुनेको सङ्ख्या तीन हजार ९६८ पुगेको छ,” बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भन्नुभयो, “आज ३९ फिर्ता भएसँगै तीन हजार १८५ व्यक्ति संक्रमणमुक्त भएका छन् ।” संक्रमितहरुमा सुर्खेतका ५२, दैलेखका पाँच, कालीकोट र रुकुमपश्चिमका चार÷चार, सल्यान र जाजरकोटका तीन÷तीन, जुम्ला र हुम्लाको एक÷एक र अन्य प्रदेशका छ जना रहेको उनले बताए । त्यसैगरी, प्रदेशका विभिन्न आइसोलेसनमा ७५१ जना रहेको उनले जनाए । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?