छातिमा समस्या देखिएपछि ललितपुरका मेयर चिरिबाबु महर्जन अस्पताल भर्ना, गोदावरीका प्रमुख कोरोनामुक्त

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन १६ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका छन् । यही असोज ५ गते ज्वरो, खोकी र जीउ दुख्ने समस्या देखिएर महर्जनले घरमै बसी भोलिपल्ट स्वाब परीक्षण गर्न पठाउँदा ९ गते मात्रै नतिजा पोजेटिभ आएको थियो ।

“म आज १६ औँ दिनमा कोरोना संक्रमणबाट मुक्त भएँ ”, प्रमुख महर्जनले बताए । उनले भने, “अब म केही दिन स्वास्थ्यको मापदण्ड पालना गरेर घरमै बस्छु र भीडभाडमा जान्न ।” नगरपालिकाको काम भने केही दिनका लागि घरबाटै गर्ने महर्जनले जानकारी गराउनुभयो ।
महर्जनकी धर्मपत्नी गङ्गामायाको कोभिड परीक्षणको नतिजा भने आउन बाँकी रहेको बताइएको छ ।

सोमवार मात्रै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएकी थिइन्। यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने कोरोना संक्रमणका साथै छातीमा समस्या देखिएर यही असोज १६ गतेदेखि सानेपाको स्टार अस्पतालमा उपचाररत रहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?