मुम्बईले जित्यो टस, राजस्थानलाई बलिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २० औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

मुम्बईले टस जितेर ब्याटिङ रोजेपछि राजस्थानले बलिङ गर्ने भएको छ ।

मुम्बई कप्तान रोहित शर्माले टीममा केहि परिवर्तन गरेका छैनन् भने राजस्थानका कप्तान स्टीव स्मिथले टीममा तीन जना परिवर्तन गरेका छन् ।

उनले कार्तिक त्यागि, यशस्वी जयसवाल र अंकित राजपूतलाई मौका दिएका छन् ।कार्तिकको यो डेब्यु खेल हो । त्यस्तै टीमबाट रोबिन उथप्पा, रियान पराग, जयदेव उनादकट टीमबाट हटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?