शालिक अनावरण

दमक । इलामको दक्षिणी चुलाचुली गाँउपालिका वडा नम्बर –१ मा निर्माण गरिएको शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक आज अनावरण गरिएको छ । पूर्णकदको शालिकको सङ्घीय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देनले अनावरण गरे।

लिम्बुवानका आन्दोलनका प्रथम शहिद आङदेम्बेको १३ औ स्मृति दिवसका अवसरमा शालिक अनावरण गरिएको शहिद राजकुमार आङदेम्बे (माङतोक) स्मृति प्रतिष्ठानका महासचिव दिलकुमार लाओतीले जानकारी दिए । करिव रु ५ लाखको लागतमा सो शालिक बनेको हो ।

सोही अवसरमा झापाको विर्तामोडमा आयोजना गरिएको खुल्ला रक्तदानमा १६ पिन्ट रगत सङ्कलन भएको छ । लिम्बुवान आन्दोलनका क्रममा २०६४ साल असोज २० गते आङ्देम्बे कमल गाउँपालिकाको कमल खोला किनारमा शहादत प्राप्त गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?