काठमाडौं । चर्चित हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्यमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।
सामान्य लक्षण देखिएकाले दुवै जनाको सोमवार कोरोना परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा आएकाहरुलाई स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेका छन् ।
साथै सबैको आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया