नयाँ नोट वितरण गर्ने विषयमा राष्ट्र बैंक अन्योलमा, सञ्चालक समितिबाट निर्णय गराउने तयारी

काठमाडौं । यस वर्ष कोभिडका कारण नेपाल राष्ट्र बैंक नयाँ नोट बाड्ने कि नबाड्ने भन्नेमा अन्योल रहेको छ । दशैं नजिकिएसँगै शुरु भएको यो विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन ।

नयाँ नोट बाड्दा कोभिड संक्रमण फैलिने डर नबाड्दा आम उपभोक्ताको गुनासो बढ्ने अवस्थाले राष्ट्र बैंक झन् चिन्तीत देखिएको छ ।

यो विषयमा कुनै निर्णय गर्न नसकेपछि राष्ट्र बैंकको सञ्चालक समिति बोर्डमा लैजाने प्रक्रिया अघि बढाउन लागिएको छ ।

राष्ट्र बैंकले नयाँ नोट वितरणका विषयमा दुई एउटा मोडल बैंक तथा वित्तीय संस्थाको शाखाबाट आफ्ना खातावालालाई दिने र अर्को भनेको केही बोसन दिएर मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउने ।

राष्ट्र बैंकको बैकिङ कार्यालयबाट नयाँ नोट वितरण गर्दा कोभिडको जोखिम बढी हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थालाई दिँदा पनि भिड केही कम भएपनि जोखिम रहने भएकोले यस विषयमा निर्णय गर्न नसकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?