नेपालमा कोरोना अपडेट : १ लाख नजिक पुग्यो संक्रमित संख्या, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज काठमाडौं उपतयकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५९ र ६० वर्षिया महिला तथा ललितपुरमा ६७ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ललितपुरमै ६१ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ३१ वर्षिय, सुनसरीमा ६४ वर्षिय पुरुष र चितवनमा ७० वर्षिय पुरुष तथा नवलपरासीपूर्वमा ७७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

त्यस्तै आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन । काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय १७, प्रदेश नम्बर २ मा १ सय ९८, बागमती प्रदेमा ७ हजार २ सय ६८ र गण्डकी प्रदेशमा ३ सय ५९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८५, कर्णाली प्रदेशमा ३ सय १ र सुदूरपश्चिम प्रदेशमा १ सय ९० जना गरी देशभरी ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय १५, प्रदेश नम्बर २ मा ५ सय १७, बागमती प्रदेमा ८ हजार ४ सय ६२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७४ जना गरी १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंसहित नेपालका विभिन्न ७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, रुपन्देही, सुनसरीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म नेपालका ५ जिल्ला कोरोना संक्रमण भएका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुमपूर्व र डोल्पा रहेका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

 

कुन जिल्लामा कतिको भयो मृत्यु ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?