२०७७, २० आश्विन मंगलवार १५:१७

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच सम्झौता, गाडी खरिदमा कर्जा सेवा उपलब्ध


प्रकाशित मिति : २०७७, २० आश्विन मंगलवार १५:१७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सि जि मोटो कर्प प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सि जि मोटो कर्प प्रा.लि.का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक श्री सिराज पन्तले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सुजुकि ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सि जि मोटो कर्प प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने गरि सम्झौता गरिएको हो ।

यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस