अर्मेनिया-अजरबैजान युद्ध : टार्गेटमा आवासीय क्षेत्र, गान्जामा मिसाइल हमला

काठमाडौं । अलगाववाद क्षेत्र नागोर्नो-कराबाखलाई लिएर अर्मेनिया र अजरबैजानबीच अहिले युद्ध भईरहेको छ ।

यसको चपेटामा अजरबैजानको दोश्रो ठूलो शहर गान्जा पनि परेको छ ।

अजरबैजानले अर्मेनियामाथि गान्जा र मिनगाचेविर शहरमा टार्गेट बनाएको आरोप लगाएको छ । गान्जामा एक नागरिकको मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् ।

अजरबैजानका राष्ट्रपतिका सहयोगी शिकमत हाजियेवले यो कुराको पुष्टि गरेका छन् । गान्जामा अर्मेनियाले मिसाइल हमला समेत गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?