काठमाडौं । पूर्व अर्थमन्त्री समेत सांसद सुरेन्द्र पाण्डेलाई मन्त्रिमण्डल पुनर्गठनको लागि सहरी विकासमन्त्रीको प्रस्ताव आएको छ ।
मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेलाई सहरी विकास मन्त्रीको प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रमले सहरी विकासमन्त्रीको अफर गरेपनि उनले भने अर्थमन्त्रालय बाहेक अन्यमा नजाने बताएको उनी निकट स्रोतले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतवार भेटघाटपछि पाण्डेलाई त्यस्तो प्रस्ताव गरिएको हो ।
मोहम्मद इस्तियाक राईले राजीनामा दिएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सम्हाले पनि हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले सम्हाल्दै आएका छन् ।
तत्काललिन अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभाको समधावधी सकिएसँगै राजिनामा दिएका छन् । डा खतिवडा बाहिरिएसँगै अब अर्थ मन्त्रालयमा को आउला भन्ने चासो र चर्चाको विषय बनेको छ । आजका लागि बोलाइएको चार बजेको सचिवालय बैठकमा यसबारे छलफल हुनसक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया