युद्धमा सहयोग गर्न अजरबैजानले माग्यो नेपालको साथ

काठमाडौं । अलगाववादी क्षेत्र नागोर्नो-करबाखलाई लिएर अहिले अजरबैजान र अर्मेनियाबीच युद्ध भईरहेको छ ।

अहिलेसम्म युद्धमा परेर ३ हजार भन्दा बढी नागरिकहरुले ज्यान गुमाईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैबीच युद्धमा अजरबैजानको पक्ष लिएर सहयोग गर्न अजरबैजानले नेपाललाई आग्रह गरेको छ ।

नयाँ दिल्लीमा स्थित अजरबैजानको राजदूताबासले केहि दिन अगाडि आफ्नो भौगोलिक अखण्डताको पक्षमा बोलिलिन आग्रह गरेको हो ।

नेपालसँगै दक्षिण एशियाका साना मुलुलाई एक पत्र लेख्दै राजदूताबासले अखण्डताको पक्षमा बोलिदिन आगह गरेको हो ।

हालसम्म नेपालले भने यसको केहि पनि प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?