काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउँदा क्षेत्रको योगदानलाई मिसाउर्नेमा जोड दिएका छन् ।
मंगलवार बसेको प्रदेश ५ को नामाकरण र राजधानीको विषयमा छलफलको बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले सबैको मनोविज्ञानहरुलाई जोडेर एउटा बलियो प्रदेश बनाउने कुरा साझा कुरा रहेको समेत बताए ।
साथै कुनै क्षेत्र विशेषका बारेमा मात्र सोचेर समग्र प्रदेशको विकास हुन नसक्ने उनले बताए । “हामीले हाम्रो प्रदेशलाई समृद्ध बनाउदाखेरी हरेक क्षेत्रको योगदानलाई मिसाउनुपर्छ, त्यसअर्थमा हामी कुनै क्षेत्र विशेषको केन्द्रीत भएर सोच्छौँ त्यो सम्भव भएको छैन् । कुनै एक क्षेत्र विशेषलाई मात्र सोचेर समग्र प्रदेशको विकास गर्न किमार्थ सकिदैन् ।” उनले भने ।
प्रदेश सरकारले प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने विषयमा अघि सारेका प्रस्तावका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ । सोमवार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी कांग्रेसले अवरोध गर्दै तोडफोड समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया