काठमाडौं । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.ली.ले शुरु गरेको हो ।
यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न थप उर्जा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो । ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।
यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनुपनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । हालसम्म ७१ जाना किशोर किशोरीहरुलाई ग्लोकल टीन हिरो मार्फत पहिचान भइसकेको छ ।
किन भनिएको टिन हिरो ? कस्तो प्रतिभाको पहिचान गरिएको छ ?
विपना शर्मा (बाल अभियन्ता)
११ बर्षको उमेरमा, सुश्री बिपनाले बालमैत्री स्थानीय शासनका लागि काम गर्न शुरू गरिन् । उनको कडा दृढ संकल्प र आत्मप्रेरणा उनको स्थानीय योजना, जिल्ला आवधिक योजना र बाल अधिकार सम्बन्धी वकालत गर्न र नेतृत्व गर्न अग्रसर रहया े। नगरपालिकालाई नै बालमैत्री बनाउन विपनाले आफ्नो नेतृत्वमा विद्यालय, वडा, इलाका हुँदै बाल अधिकारका आधारभूत कुरा बुझाउने अभियान शुरु गरेकी थिइन्। कक्षा ७ मा पढ्दा नै ‘एकता बाल–क्लब’ स्थापना गरेकी विपनाले सुनुवल नगरपालिकालाई नेपालकै पहिलो बाल मैत्री नगरपालिका घोषणा गराउन सफल भएकी थिइन् । उनलाई समाजमा उनको योगदानको लागी ग्लोकल टीन हिरो २०१५ का रुपमा सम्मनित गरिएको थियो। बालबालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै ताइवानको एशियन गर्ल क्याम्पेनले अक्टोबर १०१५ मा विपनालाई ‘ह्युमन राइट अवार्ड–२०१५’ प्रदान गरेको थियो ।
विपना यतिवेला कुनै एक नगर र जिल्ला मात्र होइन, देशलाई नै बाल–मैत्री बनाउन लागिपरेकी छन्। “बालबालिकालाई देशकै भविष्य भन्ने गरिएको छ”, उनी भन्छिन्, “तर, उनीहरूको वर्तमान राम्रो भए न भविष्य बन्छ भनेर सरकारले कार्ययोजना बनाउनुपर्छ।”
सन्तोष लामिछाने (युवा वैज्ञानिक)
सन्तोष लामिछानेको कथा अरू भन्दा धेरै फरक छ । बाल्यकालदेखि स ऊ मोटर्ससँग खेल्न मनपराउथे। कार र नवप्रवर्तनप्रति उनको रुचीले उनलार्ई साना कारहरु रोबोटमा परिमार्जन गर्न र “कोर्न थ्रेसर मेशिन“ आविष्कार गर्नमा अगुवाई ग¥या े।
जब उनी कक्षा ६ मा थिए, उनले पहिलो रोबोट बनाउन प्रयास गरे, र बाल्यअवस्थादेखी नै उनी यस क्षेत्रमा सकृय रहेका छन। आफ्नो आविष्कारको माध्यमबाट उनको योगदानको लागि सम्मान स्वरुप उनलाई “राष्ट्रिय मैकेनिकल प्रदर्शनी“ का विजेता र त्यसपछि “वाई वाई ग्लोकल टीन हीरो, २०१६” का रुपमा सम्मनित गरियो ।
हाल उनी इञ्जिनियरिंगमा स्नातक डिग्री हासिल गर्दै छन् र अष्ट्रेलियामा “सुवाहारी मोटर्स“ को काम गरिरहेका छन ।
सचिन डांगी (वैज्ञानिक उद्यमी)
सचिन डांगी एक युवा नेता र उद्यमी हुन ्। नेपालको किशोर ५००० नेपाली किशोरकिशोरीका अनलाइन समूह बनाएर परिचालन गरे । उनको समुहमा १३ मुख्य टोली सदस्य छन भने भुकम्पको समयमा उनले ५००० स्वयमसेवकहरुलाई परिचालन गरे जसले उनलाई समाजका एक प्रेरणादायक किशोरका रुपमा स्थापित गरायो ।
उनले नेपालमा किशोर किशोरीहरूको संख्यालाई प्रेरित गर्न सहयोग पु¥याइरहेका छन्। काइचो नेपाल मार्फत उनले स्कूलमा स्मार्ट अटेंडन्स सिस्टम, सेन्सर ब्रेक र अन्य धेरै विकास र स्थापना गरे । उनको ठूलो योगदान र प्रभावका लागि उनलाई “वाई वाई ग्लोकल टीन हीरो, २०१७ “ को रूपमा सम्मानित गरियो ।
हाल उनी “बिजोनोमिक्स“ मा संलग्न छन् जुन मुख्यतया व्यापार र अर्थशास्त्रको बारेमा शिक्षामा केन्द्रित छ। उनी नेपाल र न्यू योर्क एकेडेमी अफ साइन्सका लागि ओवाईए का राजदूत पनि रहेका छन्। साथै, माननीय मेनसन अवार्ड २०१७, मलेशिया र न्यू योर्क एकेडेमी अफ साइंसेज यूटीसी च्यालेन्जको एक प्राप्तकर्ता पनि हुन् ।
प्रशंसा के सी (सामाजिक अभियन्ता र यूट्यूबर)
प्रशंसा के सी एक सामाजिक अभियन्ता हुन् जसले बाल विवाह, अपहरण विवाहको बिरूद्ध “महिला सशक्तिकरणमा“ काम गरिरहेकी छिन् । उनले रुकुम जिल्लाको समुदायमा “बाल विवाह र अपहरण विवाह“ को बारेमा अनुसन्धान गरिसकेकी छिन् । उनले मानिसहरूलाई शिक्षा दिन पनि सचेतना अभियानहरू सञ्चालन गरिन् र भविष्यका पुस्ताहरूको विकासको लागि राम्रो वातावरण सिर्जना गरिन् । उनको योगदानको लागि उनलाई “वाई वाई ग्लोकल टीन हीरो नेपाल, २०१८” का रुपमा सम्मनित गरिएको थियो ।
उनले युवाहरुलाई जागरूक एवम प्रेरित गर्ने उद्देश्यको साथ सामाजिक समस्याहरू सम्बन्धी वृत्तचित्रहरू बनाएकी छिन् । उनले युनिसेफ द्वारा “लघु फिल्म प्रतियोगिता” पनि जितेकी छिन् । सिभिल इन्जिनियर विद्यार्थीको रूपमा उनी रुकुममा विद्यालयहरू निर्माण गर्न र बच्चाहरूलाई अझ राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्न चाहन्छिन्।
समीर फुयाल (टेक उत्साही)
समीर फुयाल एक उदयमान उद्यमी र मोरंगका टेक उत्साही हुन् । उनले “नया किन्मेल” र अनलाइन विज्ञापन प्लेटफर्म शुरू गरे जुन नेपाली भाषामा वेब विकास र कार्यक्रम सिकाउँदछ । मोरङका समीरले इन्टरनेटकै प्रयोग गरेर अनलाइन विज्ञापनको वेभसाइट बनाएका छन्। उनको नयाँ किनमेल डटकम नामक वेभसाइट सञ्चालनमा छ जहाँ उत्पादन भएका स्थानीय सामानको विज्ञापन प्रयोगकर्ता स्वयम्ले गर्न सक्छ। सामानको विज्ञापन गर्न यो एउटा निःशुल्क प्लेटफर्म हो ।
यसका साथै समीरले अनलाइनकै माध्यमवाट पाइथन ज्याङ्गो टेक्निकमार्फत एक सय ४० देशका १३ हजारभन्दा बढी मानिसलाई वेभ डेकोरेट सिकाउने गर्छन्। यसका लागि उनले अनलाइनमै करिकुलम तयार पारेर राखेका छन्। उनको करिकुलम पढ्न चाहने मानिसले अप्लाई गर्छन्। पढाउन उनले भिडियो लेक्चर, आर्टिकल, लिंक तयार गरेका छन्। उनले हाम्रो टेक युट्यूब चैनल चलाइरहेका छन् जसले नेपाली भाषामा वेब विकास र प्रोग्रामि पढाउँछन ‘। उनलाई “वाई वाई ग्लोकल टीन हीरो, २०१९“ का रुपमा सम्मनित गरिएको थियो ।
जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंको आफ्नै क्षमता र क्षमताको अनुभूति हो । सपना पछ्याउन उमेरले छेक्दैन किनभने उमेर केवल एक नम्बर हो र तपाइँको कार्यले यसलाई प्रमाणित गर्न सक्दछ । यदि तपाईं किशोरावस्थामा हुनुहुन्छ र समाजमा प्रभाव सिर्जना गर्दै हुनुहुन्छ भने ग्लोकल टीन हीरोमा आवेदन खुलेको छ ग्लोकल टीन हीरो तपाईको दक्षता र रचनात्मकता प्रदर्शन गर्न एक उत्तम प्लेटफर्म हो ।
किशोर किशोरिहरुल अन्लाईन आवेदन https://nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सक्ने छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया