कम्युनिष्ट पृष्ठभूमीका आप्रवासीलाई नागरिकता नदिने अमेरिकी नीतिमा नारायणकाजीको यस्तो प्रतिकृया

काठमाडौं । कुनै पनि कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने अमेरिकाको नीतिबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिकृया जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले अमेरिकाको उक्त नीतिले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उडाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीरमा प्रतिक्रुया जनाउँदै भनेका छन्, ‘अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ।’

गत अक्टोवर २ मा अमेरिकाले घोषणा गरेको नयाँ नीतिअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिष्ट पार्टीका भातृ संगठनहरुका सदस्यले समेत अमेरिकामा स्थायी बसोवासको अनुमति पाउने छैनन् ।

नयाँ नीतिको दस्तावेजमा प्रस्ट रुपमा कुनै पनि कम्युनिस्ट पार्टीसँग आबद्धता वा अन्य निरंकुश शासन व्यवस्थासँग आबद्ध भएकाहरु अमेरिकामा ‘इमिग्रेन्ट स्टाटस’का लागि आवेदन दिन अयोग्य हुने व्यवस्था रहेको जनाइएको छ ।

श्रेष्ठले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उडाएको भन्दै अमेरिकाको उक्त नीतिलाई पुँजीवादी लोकतन्त्रको नमुनाको संज्ञा समेत दिएका छन् ।

यो पनि

अब नेपालका कम्युनिष्ट पार्टीका सदस्यहरुले अमेरिकी ग्रीनकार्ड र नागरिकता नपाउने

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?