२०७७, २० आश्विन मंगलवार ११:५१

विनय कार्कीको ‘तिम्रै लागि’ सार्वजनिक


प्रकाशित मिति : २०७७, २० आश्विन मंगलवार ११:५१

काठमाडौं । विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ ।  गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुन् ।

सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेका हुन् ।

  • रासस

प्रतिक्रिया दिनुहोस