काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २३ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न अनुरोध गरेको छ।
आज (मंगलबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यसअघि डाक्टर केसीसँग गरिएको सम्झौता कार्यान्वयनको क्रममा रहेको र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ त्रासको रोकथाम र नियन्त्रणमा सबै जुट्नुपर्ने विषम परिस्थिती आईलागेको भन्दै डा. केसीलाई तत्कालका लागि अनसन अन्त्य गर्न अनुरोध गरेको हो।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीलाई अनसन अन्त्य गर्न सरकारले गरेको अनुरोधसहितको विवरण पेश गरेका थिए। कोरोना संकटको समयमा डाक्टर केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।
‘प्रवक्ता श्रेष्ठले भने, ‘डाक्टर केसीले चिकित्सा शिक्षा सुधारका क्षेत्रमा जुनजुन मुद्दा उठाउनु भएको थियो त्यसलाई पूरा गर्नेगरी अगाडि नै सम्झौता भएका छन्। कतिपय विषय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेका छन्। सरकार कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको र पहिलाका सम्झौता कार्यान्वयनको पृष्ठभूमिमा रहकाले सरकारले जस्तै सचिवालय बैठकले पनि केसीलाई अनसन अन्त्य गर्न अनुरोध गरेको छ।’
‘छलफल जारी छ’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा निर्धारीत बूँदाका बारेमा छलफल भएको सचिवालय सदस्य तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सांगठनिक एकिकरणका बाँकी काम पूरा गर्नेबारे संगठन विभागको संगठनात्मक कार्ययोजना सम्बन्धि प्रस्तावबारे यसअघिको सचिवालय बैठकमा नै निर्धारित ‘विविधको एजेण्डा’ अन्र्तगत रहेका विषयहरुबारे संबैधानिक राजनीतिक नियुक्तिहरुका बारेमा सामान्य रुपमा छलफल भएको उनले जानकारी दिए । उनले थपे – ‘छलफल जारी छ ।’
अब छिट्टै अध्यक्षद्वयले अरु सबै एजेण्डामा छलफल गरेपछि फेरि बाँकी छलफलका लागि बैठक बोलाउने उनको भनाई छ ।
मन्त्रिमण्डल पूनर्गठन, संबैधानिक र राजनीतिक नियुक्तीको विषयमा विषयमा के छलफल भयो भन्ने प्रश्नमा उनले त्यो विषयमा कुनै पनि कुराकानी/छलफल र जानकारी नभएको बताए ।
डाक्टर गोविन्द केसीका विषयमा पनि बैठकमा प्रधानमन्त्रीले जानकारी गराएको बताउँदै पार्टी प्रवक्ता श्रेष्ठले सरकारले यसअघिको अनसनमा गरेको सम्झौता कार्यान्वयनको प्रक्रियामा लगेको कारण कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै प्रयास गर्ने र अहिले यो अनसन अन्त्य गर्नको लागि डाक्टर केसीसँग अनुरोध गर्ने विषयमा पनि कुारकानी भएको बताए ।
पार्टीका दुई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो (सोमवार) भएको छलफलपछि आज सचिवालय बैठक बसेको हो ।
गत शनिवार सचिवालय बैठक बोलाए पनि प्रधानमन्त्री निवास बालुवाटारका ७६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक सारिएको थियो। त्यसपछि पार्टीका दुई अध्यक्षबीच भने भेटवार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया