काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
पार्टीका दुई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो (सोमबार) भएको छलफलपछि आजको लागि सचिवालय बैठक डाकिएको थियो ।
गत शनिवार सचिवालय बैठक बोलाए पनि प्रधानमन्त्री निवास बालुवाटारका ७६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक सारिएको थियो। त्यसपछि पार्टीका दुई अध्यक्षबीच भने भेटवार्ता भएको थियो ।
आज शुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकता प्रक्रियाका बाँकी काम लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
पार्टीमा सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजनीतिक नियुक्ति गरिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालय सदस्यहरु असन्तुष्ट बनेका छन्। गत बिहीवारको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव तथा राजदूत नियुक्ति गरेपछि सत्तारुढ दल नेकपामा साम्य भएको विवाद फेरि सतहमा आएको छ। प्रधानमन्त्रीले पार्टीको कुनै पनि निर्णय नमान्ने र एकलौटी निर्णय मात्रै गर्ने गरेको भन्दै असन्तुष्ट भएका सचिवालय सदस्यले सचिवालय बैठक माग गरेका थिए । (फाईल : फोटो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया