कांग्रेस प्रवक्ताको नेकपा प्रवक्तालाई प्रश्न : अरुले गरे बेठिक, आफ्नाले गरे ठिक ?

काठमाडौं । ५ नम्बर प्रदेशको राजधानी दाङ प्रस्ताव गरेको विरोधमा अहिले विरोध प्रदर्शन र आन्दोलन भईरहेका छन् ।

यसै सन्दर्भलाई लिएर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायण काजी श्रेष्ठलाई अरुले गरे बेठिक, आफ्नाले गरे ठिक ? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अरुले गरे बेठिक, आफ्नाले गरे ठिक ?
कता हुनुन्छ नेकपा प्रवक्ता ? कुर्सी तोडफोड गलत, कांग्रेस प्रवक्ता बोल्ने, मन्त्रीको उत्तेजक आदेश गलत, नेकपा प्रवक्ता किन नबोल्ने ? संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ता ज्यू ?’

त्यस्तै प्रवक्ता शर्माले अर्को ट्वीटमा लेखेका छन्, ‘मर्यादापालकलाई मन्त्रीको उत्तेजक आदेश अनधिकृत,असंसदीय र आपत्तिजनक छ, संसदमा द्वन्द्व हुँदा संयमसँग समाधान खोज्ने कर्तव्य सभामुखको हो,संसद बाहिर मुख्यमन्त्रीको, सभामुख मौन र मन्त्री आक्रामक हुँदा द्वन्द्व चर्कन्छ, मन्त्रीको प्रस्तुति सरकारकै अभिव्यक्ति हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?