काठमाडौंमा बढेको बढ्यै संक्रमण : सार्वजनिक यातायातमा फेरि कडाइ गरिँदै !

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण तिव्र रुपमा बढीरहेको छ ।

काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुरमा) थपिएका संक्रमितको संख्या र देशभर थपिएका संक्रमितको संख्या करिब आधा हुन आउँछ । स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको संक्रमण बढेको विज्ञहरुले बताएका छन् । जनस्वास्थ्यका विभिन्न मापदण्डविना नै सभा, गोष्ठी र भीडभाड गरिएको कारण संक्रमण बढेको जनस्वास्थ्यविद् बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम झनै बढेको भन्दै घरबाट बाहिर निस्कँदा अनिवार्य उचित तरीकाले मास्क लगाउने, एकबाट दोस्रो व्यक्तिले दुई मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने यदी त्यसको उपलब्धता नभएमा गुणस्तरीय सेनिटाइजर प्रयोग गर्न, भिडभाडमा नजान/ नबस्न /नगर्नकुनै पनि मेशिनरी उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन, प्रयोग गरिएको मास्कको उचित व्वस्थापन गर्न, सकभर नयाँ मानिसहरुको सम्पर्कमा नआउन निरन्तर भनिरहेको छ ।

हिजो (सोमबार) मात्रै पुष्टि भएका दुई हजार ४४० संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ५३१ संक्रमित फेला परेका छन् । नेपाल भारत सीमा जोडिएका जिल्लाहरुमा पनि संक्रमितको संख्या बढीरहेको छ । लकडाउन अन्त्य भएसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने र काठमाडौंबाट बाहिर जाने ‘मुभमेन्ट’ बढेको कारण पनि संक्रमितको संख्या तिव्र रुपमा बढ्यो ।

खुल्ला सीमा भएका कारण मानिसहरु सीधै काठमाडौं आए । र ति मानिसहरु १४ दिनसम्म क्वारेन्टाइनमा नबसी अन्य मानिसहरुसँग सम्पर्कमा आए । नियम पालना नगर्ने परिपाटी कारण अझै समस्या भएको स्वास्थ्य मन्त्रालय बताउँछ ।

अहिले होम आईसोलेसनमा बस्नेहरुको संख्या पनि दिनप्रतिदिन बढीरहेको छ । हाल उपचाररत संक्रमितको संख्या  Active case २३ हजार ५०७ रहेकोमा होम आईसोलेसनमा मात्रै १२ हजार ३१६ जना रहेका छन् । तिनको उचित हेरचाह र उपचार हुन नसकेको गुनासो पनि बढीरहेको छ । सिकीस्तै बिरामी हुँदासमेत अस्पतालसम्म संक्रमितको पहुँच नपुग्दा जान सक्ने अवस्था छैन ।

त्यसैमाथि स्वाब दिएका मानिसहरुले गरेको लापरबाही, कन्ट्याक ट्रेसिङमा परेकाहरु क्वारेन्टाईनमा बस्न गरिएको आग्रह खेलाँचीका रुपमा लिनु,  एक जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन अनिवार्य रुपमा आइसोलेसन गरेर बस्नुपर्ने अवस्थामा समेत मानिसहरु बाहिर हिँडडुल गरिरहेका कारण संक्रमण झनै बढेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगिसकेको छ । संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । हाल एक्टिभ केस २३ हजार ५०७ रहेको छ ।

अझै सबैभन्दा जोखिम र चुनौतिपूर्ण कुरा के छ भने नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार र छठ नजिकै आईरहेको छ । यस्तोमा मानिसहरुको आवतजावत अझै बढी हुनसक्छ । यस्तोमा कोरोना संक्रमण फैलने जोखिम अझ बढी हुन्छ ।

संक्रमण बढेपछि अब सार्वजनिक यातायातमा कडाइ

सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगरेका कारण पनि संक्रमण उच्च रुपमा बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।

दैनिक दुई हजारभन्दा बढी संक्रमित पुष्टि हुन थालेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई यातायात व्यवसायीले निर्देशिका पालना गरे, नगरेको विषयमा समिति गठन गरेर अनुगमन गर्न निर्देशन दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?