काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म १० लाख ४५ हजार ९४२ जनाको मृत्यु भएको छ भने ३ करोड ५६ लाख ९८ हजार २५५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ६८ लाख ६६ हजार ६५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ८८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म २ लाख १५ हजार ३२ जनाको मृत्यु भएको छ भने ७६ लाख ७९ हजार ६४४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४८ लाख ९५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ६९ हजार ५३४ जना उपचाररत छन् ।
त्यस्तै १४ हजार २८३ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १६ हजार १७८ जनाको मृत्यु भएको छ भने ८ लाख ३५ हजार ९७१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १६ हजार ५६४ जनाको मृत्यु भएको छ भने ८ लाख ९ हजार ५६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ७ लाख १७ हजार ८७४ जनालाई संक्रमण भएको छ भने १४ हजार ७२२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सोमवार मात्रै ४१ हजार ५७६ जनालाई संक्रमण भएको छ भने ४२१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया