अस्पतालबाट हेलिकप्टरमा ह्वाइट हाउस गए ट्रम्प, त्यहाँ पुगेपछि मास्क खोलेर गोजीमा राखे !

काठमाडौं । कोरोना संक्रमणसँग लडीरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनललाई ह्वाइट हाउसमा शिफ्ट गरिएको हो ।

वोल्टर रीड अस्पतालमा उपचार गराईरहेका उनको स्वास्थ्य अवस्था स्थिर भएको कारण ह्वाइटहाउस पठाइएको हो ।

उनी हेलिकप्टरमा चढेर ह्वाइट हाउस पुगेका थिए । उनले ह्वाइट हाउस पुगे लगत्तै मास्क खोलेर गोजीमा रखेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अस्पतालका डाक्टर सीन कानलेले भने ट्रम्प अहिलेसम्म पूर्ण रुपमा खतरा रहित नभएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?