काठमाडौं । आईपीएलको १३ औँ सीजनको १९ औँ म्याचमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५९ रनले पराजित गरेको छ ।
यो आईपीएलमा ब्यांग्लोरसँगको खेलमा दिल्लीको सबैभन्दा ठूलो जित हो ।
यो भन्दा अगाडि दिल्लीले २०१० मा ३७ रनले हराएको थियो । यो खेल जितेसँगै दिल्ली आईपीएलको प्वाइन्ट टेवलमा शीर्ष स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १९६ रन बनाएको थियो ।
१९७ रनको टार्गेट पछ्याएको ब्यांग्लोरले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनाउन सक्यो ।
ब्यांग्लोरबाट कप्तान विराट कोहोलीले ४३ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो पारी खेल्न सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया