दमक नगरप्रमुख ओलीलाई कोरोना पुष्टि

झापा । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमवार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?